हार्दीक समवेदना

 

हार्दीक समवेदना

जन्म: 1985-08-02(BS)          स्व. नारायण प्र. गजुरेल            निधनः 2067-12-2(BS)

 

कोशी अञ्चल तेरथुम जिल्ला जलजले गा.वि.स. वर्डा नं. ५ मैनतप्पा मा  पिता धर्मानन्द गजुरेल र माता तुलसा गजुरेलका जेठा छोराको रुपमा १९८५ साल मंसिर ०२ गते बुधवार जन्मनु भएका नारायण प्र. गजुरेल को सोही जिल्ला ओयाक्जुङ्ग गा.वि.स. निवासी पिता लिलानाथ दाहाल तथा माता कौशिला दाहाल कि माइली छोरी नर्वदा देवी दाहाल संग वि.स. १९९८ साल मा विवाह भयो ।  जिवन यापनको क्रममा जन्म स्थान छाडी २०१८ साल मा भारतको आसाम राज्यको सदीया वरगडा मा बसाइ सराई जानु भई २०३० मा पुनः नेपाल आई झिलझिले  दमक-१८ हुदै २०३० साल देखी लखानपुर १ सावित्रा चौक झापामा स्थाई वसोवास गर्दै आउनु भएका नारायण प्रसाद गजुरेल को आफ्नै निवास लखनपुर १ सावित्रा चौक झापामा ८३ वर्षको उमेरमा २०६७ साल चैत २८ गते बुधवार बेलुका ५:५० मिनेटमा निधन भयो ।

 

   वहाँका छोरा र बुहारीहरु ( बलराम+गिता, टंक प्र.+शोभा,  रामचन्द्र+निर्मला, गोपीकृष्ण+विद्या, हरि प्र.+बसुन्धरा, र टिकाराम+सिता) छन भने छोरीज्वाई लक्ष्मी+भवानी प्र. घिमिरे, मैया देवी+विष्णु प्र. पोखरेल हुन . वहाँका १२ नाती ७ नातीनी ४ पनाती र ५ पनातीनी रहेका छन ।

 

 मेरा हजुरबुवा स्व. नारायण प्र. गजुरेलको आत्मा को चिर शान्ती को कामना गर्दै शोक सन्तप्त परिवार मा हार्दिक समबेदना प्रकट गर्दछु ।

 

 

D DUS JI 

2068-01-02(BS) 2011-April-15

DDUSWORLD

Merobatoma(Blog)

Read more >>

उधारी

उधारी , भनेको बाँकी, मतलब रिण मा लानु माने केडिट ।

दुकानदार उधारी दिदा दिदा हैरान भएको हुनुपर्छ । बिभीन्न प्रकारका डाइलग हुरू दुकना मा राखिएको हुन्छ । तर उधारी लिने मान्छे ले कुनैपनि हालतमा उधारी सामान लिएर जान्छ । आज नगद भोली उधारी  लेखीएको धन्ने कुरा त दुकानदार लाइ मात्र हो । ग्राहकहरूले त यसै बाक्यलाइ आफ्नै भाषामा आज पैसा छैन तर सामान लिएर जान्छु भोली आएर पैसा दिउला ।

दमक मा  एउटा होटको काउण्टरमा यो बोड लगाएको थियो । होटलमा घुस्ने बितिकै यो बोड ले एकछीन मन तान्यो ।  मोबाइल बाट यो फोटो किचिक्क पारेर खिचीदीए ।

21022010_002

 

हमने उनकी यादमे जिन्दगी गुजार दि
ओ नहि आए जिनको उधार दि ।
हे भगवान मत भेजो उधार वालेको
र्बबात कर देते है हम जैसे दुकान वोलेको ॥

फोटो :- D DUS World 

दाइहररूले खानपिनको लागी साझमा त्यही होटलमा लिएर जानु भयो ।  खाँदा पिउदा ११ बजि सकेछ । दाइ पनि बाठो हुनुहुन्छ । लागेको बानी कहाँ छुटैछ र  ?? यसो बिल हेरेर खै खाता मा लेख है भनेर निस्कनु भयो …………………….

Read more >>

किल्ला भ्रमण

 जिन्दगी एक यात्रा :-

यो जिन्दगी यस्तै रहीछ , कहीले कता कहीले कता । दुःख मा पनि हास्नु पर्ने , सुखमा पनि रूनु पर्ने । भनिन्छ दुःख सुख भएन भने जिन्दगीको मजा नै हराउछ । यस्तै प्रकारले जिन्दगीको बाँटोमा हिड्दा हिड्दै जिवनमा पहीलो पटक किल्ला भ्रमण गर्ने अवसर मिल्यो ।

स्थल जानकारी :- तिकोणा किल्ला(वितंडगड), Maharashtra India

१० बजे हामी हामी बसेको ठाँउ बाट गन्तब्यतीर निस्कियैा । हल्का पानी परीरहेको थियो । मैम अती रमाइलो थियो । २ घण्टाको यात्रा पछी हामी हाम्रो यात्रा सुरू हुने ठाँउमा पुगीम । तिकोणा किल्ला(वितंडगड) माथिको टुप्पामा

यहाँ बाट पैदल हिडेर जानु पर्ने रहेछ । बाटामा जाँदा पानी अलि अलि परिरहेको थियो । साथै गर्मी पनि मज्जाले थियो । मन त्यसै आन्न्दमय भइरहेको थियो

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 3

 

 

 

 

 

 

 

 

 

4

पानी रोकिए पछी हामी उकालो लागीम । बाटो हिलो र चिप्लो थियो ।

 

 

 

 

5

किल्ला सुरूवात ,

पहीले त बाटो सजिल्यै लागेको थियो । अलिक माथि पुगे पछी पानी पर्न थाल्यो । बाटो चिप्लो र अफ्टयारो थियो ।

6 7

 

8 

हरीअोम मन्दीर

9 10 20062010324

शंखर भगवानको मन्दीर

11

किल्लाको झण्डा संग

12 13

किल्लाबाट बाहीर तर्फ देखिने द्रिस्य

किल्लाको चुचुरोबाट लिएको तस्बिर,

15

प्रकृतीसंग रमाउदै,

16 17

 

फर्कदा…..

19

पानी रोकिए पछी स्थानीय बासी गाइबस्तुलाइ खेत तर्फ ल्याउदै

Read more >>

File .Zip गरेर Virus बाट बचाउनुहोस

के तपाइले याद गर्नु भएको छ तँपाइले ब्याकप राखेको कुनै सप्टवेर इस्टल गर्न खोज्यो चने फाइल मिस भयो भन्छ ।

कुनै बेला त आफुसंग नभइ अरूबाट ल्याएको ब्याकप पनि भाइरस छ चनेर एण्टीभाइरस ले अटोमेटीक डिलीट गर्छ । भाइरस ले होस या एण्टीभाइरस ले कुनै बेला पनि तँपाइको ब्याकममा भएका फर्मेटहरू जस्तै .EXE, .Dll, .msi Etc……. जस्ता फर्मेटहरू डिलीट हुन सक्छ । अब सोच्नु होला एण्टीभाइरसले कसरी डिलीट गर्छ ?? तर याद राख्नुस भाइरसको बिभिन्न प्रबारमध्ये अहीले धेरै चलेको New folder.EXE भाइरस हो । जब कम्पुटरमा यो भाइरस पर्छ तब तपाँइसंग भएको एण्टीभाइरस ले धेरै मात्रामा .EXE फाइलहरू डिलीट गर्न सक्छ ।

यो समस्या बाट बच्न के गर्ने होला ??

Win Zip or Win RAR  को प्रयोग ।

याद गर्नुहोस  इन्टरनेट बाट कुनै लाइल डाउनलोड गर्दा .Zip वा .RARफर्मेटमा हुन्छ । जुन लाइलहरूलाइ भाएरस या एण्टीभाइरस ले कुनै असर गर्न सक्तैन ।

यो बाट फाइल कम्प्रेस गर्दा दुइ फर्मेटमा कम्प्रेज गर्न सकिन्छ । .Zip र .RAR,

.Zip  फाइल खोल्नको लागी यो Win Zip इस्टल नगरी पनि प्रयजसो अपरेटीङ सिस्टममा खुल्छ तर .RAR फाइल को लागी Win Zip or Win RAR प्रोग्राम कम्प्युटरमा लोड गर्नु पर्छ

 Win Zip को Free Version डाउनलोड को लागी यहाँ क्लिक गर्नुहोस

साथै Win RAR को Free Version डाउनलोड को लागी यहाँ क्लिक गर्नुहोस र आफुलाइ चाहेको अपरेटीङ सिस्टमको लागी जुन फर्मेटमा चाहीन्छ त्यहा बाट डाउनलोड गर्नुहोस ।

प्रयोग गर्ने तरीका ।

Win Zip or Win RAR  इस्टल गरी सके पछी फोल्डर लाइ जिप गर्न फोल्डर मा राइट क्लिक गर्नुहोस अनी Add to Active.. मा क्लिक गर्नुहोस ।

 

winzip1st_thumb1

 

कुन फर्मेटमा फाइल राख्ने हो टिक लगाउनुहोस अनी OK  मा क्लिक गर्नुहोस

 

 winziporwinrar_thumb1

Win Zip or Win RAR  बाट फाइल कम्प्रश गरे पछी यस प्रकारको फोल्डर आइकन देखीन्छ

final_thumb2

Win Zip or Win RAR  को प्रयोग बाट भाइरस या एण्टीभाइरस ले कुनैपनि .Zip वा .RAR, फाइल लाइ असर पार्दैन

Read more >>

नव बर्षको शुभकामना

 

मेरा संपुण मित्रहरूमा जीवनका हरेक पाइला ले सफलता को शिखर चुमोस,हजुरहरूको हरेक मनोकामना पुरा होस्,नयाँ बर्ष को शुभ कामना हजुर हरूलाइ ,

बिहानी उज्यालोलाई पर्खंदै अधेरी रातमा रूमलिएपनि, झरनालाई नि तिर्खाईमा तड्पिएपनि, सहासको बाटो परिवर्तन नहोस् यात्रा निरन्तर चलिरहोस हुरिबतासको लहर जति नैबेगले चले पनि, कर्मको दियो अटुट बलिरहोस, सफलता ले सधै सिखर चुमिरहोस नयाँबसन्त को पालुवा ले सजिरहोस यही छ मेरो, नव वर्ष २०६७ को हार्दिक..... हार्दिक....... हार्दिक....... मंगलमय शुभकामना !!!!

नववर्ष २०६७ को उपलक्ष्यमा परमात्माले हामी सबै नेपालीलाई रिस, राग, द्वेष, मोह, इर्ष्या त्यागगरी सत्मार्गमा हिँड्ने साथै हिंसा रहित जीवन जीउने प्रेरणा दिउन् भनी प्रार्थना गर्दै सबैको जीवन सुख–शान्तिमय बनोस् भन्ने कामना गर्दछु

यि शुभकामनाहरू मलाइ फेसबुकमा म्यासेज अाएका थिए ।

 

साथै यदी तपाइहरू ब्लगमा नेपाली कलेण्डर राख्न चाहनुहुन्छ भने निम्न कोडहरू html/java Script मा राख्न सक्नु हुनछ ,

 

<div aligh="center"><iframe name="I1" src="http://www.ashesh.com.np/calendarlink/calendar.php" width="220" height="198" border="0" frameborder="0" scrolling="no" marginwidth="0" marginheight="0" allowtransparency="true"> </iframe><br /><a title="Nepali Calendar"href="http://www.ashesh.com.np/nepali-calendar/"><font size='1'>Nepali Calendar</font></a></div>

 

 

अथवा

 

<script> var client = 1660546074; var addon = 3000; </script> <script src="http://nepalipatro.com.np/request.js.php" type="text/javascript"> </script>

 

अन्यमा फेरी नबबर्ष २०६७ को हार्दीक मंगलमय शुभकामना संपुण मित्रहरूमा………

क्यलेण्डर Download लिङ्क राख्ने छु

Read more >>